९ मंसिर २०८३, बुधबार

याक एन्ड यतीभित्र दादागिरी शैलीमा जबरजस्ती क्यासिनो चलाउने को हुन् ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । दरबारमार्गमा रहेको याक एन्ड यती होटलको क्यासिनो रोयललाई दादागिरी शैलीमा जबरजस्ती चलाइएको विवरणहरू प्राप्त भएका छन् ।

२० माघबाट कानुनतः उक्त क्यासिनो चलाउनु अबैधानिक ठहरिएको छ । अदालतको ‘अन्तरिम आदेश’मा टेकेर चलाइएको क्यासिनो सोही आदेशका आधारमा नै अवैध ठहर हुन्छ ।

लाईसेन्स पाँच बर्ष अगाडि खारेज भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन हँुदै आएको थियो । घर बहाल करार नाममा समयसीमासम्म ‘क्यासिनो चलाउन दिनू’ भन्ने अदालतको आदेशअनुसार  चार बर्षदेखि घर भाडा, ट्याक्स तथा कर्मचारीको तलब समेत चुक्ता नगरी सञ्चालन हुँदै आएको थियो ।

२० माघमा होटलसँगको करार सम्झौता सकिए पनि केही समूहले होटललाई मात्र नभइ राज्यको नियम कानुन नै मिचेका छन् ।

होटलले एक सूचना जारी गर्दै अज्ञात व्यक्ति र समूहले क्यासिनो सञ्चालन गरेको जानकारीमा आएकाले कानुनसम्मत हिसाबले उक्त कार्य रोक्न भनेको छ । होटलको सूचनामा भनिएको छ,‘क्यासिनो नियमावली २०७० को नियम ३मा इजाजतपत्र नलिई क्यासिनो चलाउन नपाउने पर्यटन मन्त्रालयको नियम उल्लंघन नगर्न अनुरोध गरिन्छ ।’

होटल याक एण्ड यतीले घर खाली गर्न राज्यको बिभिन्न निकायलाई लिखित निबेदन दिएको थियो । तर कतैबाट सुनवाई भएको छैन । क्यासिनो रोयल भने सञ्चालन हुँदै आएको छ । केही भ्रष्ट प्रहरी र नेताको साँठगाँठमा अवैध तरिकाले सञ्चालान हुँदै आएको होटल स्रोत बताउँछ ।

पाँच बर्षदेखि क्यासिनो सञ्चालन गर्दै आएको गिल्ट इन्भेष्टमेन्ट प्रालीको सम्झौता सकिएको थियो । सोही सम्झौताको आधारमा गिल्ट इन्भेष्टमेन्टले कानुनको कमजोरीको फाईदा उठाउँदै सर्वोच्च अदालतबाट चार बर्ष अगाडि अन्तरिम आदेश लिई सञ्चालन गर्दै आएको थियो ।

उक्त क्यासिनो सुरेन्द्र सिंहले लामो समय सञ्चालन गरे । उनले बिभिन्न व्यक्तिलाई बैना गर्दै पैसा लिँदै करोडौं रुपैंया लुटेका थिए । भारतीय व्यापारी आशिश पटेलदेखि गोवाका केही टोलीसँग करोडौं रुपैंया लिएका सिंहले एक बर्ष अगाडि पुन पटेललाई नै १५ करोडमा क्यासिनो बेचेका थिए ।

तीन बर्ष रोयल क्यासिनो चलाएका सिंहले याक एण्ड यति होटलसँगै ४० आना जग्गा ६० करोडमा खरिद गरेका छन् । मालपोतमा राजश्व कम तिर्न थैली कम झुण्डाएका सिंहले महालक्ष्मी बैंकमा भने खरिद मुल्य भन्दा बढी ऋण पास गराएका छन् ।

सुरेन्द्र सिंहदेखि अनिश शर्मा भन्ने गोर्कण लामिछानेले करोडौं रुपैंयाँ राजश्व, घर भाडा र कर्मचारीको तलब भत्ता चुक्ता गरेका छैनन् । करार अवधि सकिए पनि पैसाको पहुँचमा केही प्रहरीको नाम बदनाम गर्दै भारतीय राजदूतावास कार्यालयमा समेत क्यासिनो चलाउन पाँउ भन्दै रोईलो गर्न शर्माको समूह पुगेको थियो ।

स्रोतका अनुसार शर्माले नेपाल प्रहरीका एक पूर्वडिआईजीदेखि केही क्यासिनो माफियालाई बोकेर हिँडेका छन् । शर्माले काठमाडौं प्रहरीका केही बरिष्ठ प्रहरी अधिकृतका नाम समेत बदनाम गर्दै आफूले ६० लाख दिएर प्रहरीमा सेटिङ मिलाको दाबी गर्दै हिँडेको स्रोतले जनायो ।