बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

काठमाडौंका ‘डन’ सत्यमान लामा पक्राउ

दैनिक नेपाल २०७६ फागुन ६ गते ९:५८

काठमाडौं, ६ फागुन । गुण्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् ।

काभ्रेली समूहका लामालाई महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई सोमबार राति लाजिम्पाटबाट पक्राउ गरेको जनाइएको छ ।
काभ्रेली गुण्डा नाइके सत्यमान प्रहरीको उच्च निगरानीमा रहँदै आएका छन् ।

यसअघि सत्यमान लामा काभ्रेली ‘डन’ दावा लामासँग रहेर काम गर्दै आएका थिए । दावा लामा फरार भएपछि सत्यमानले हर्कत गर्दै आएका छन् ।

सत्यमानले काठमाडौंमा गुण्डागर्दी गर्ने गरेको आरोप छ । सत्यमान यसअघि पनि पटक पटक लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबार पक्राउ परिसकेका छन् ।

सत्यमान काभ्रेकी सांसद् नवीना लामा निकट मानिन्छन् । उनलाई नवीनाले दुई–तीन पटक जिम्मेवारी लिएर छुटाइसकेकी छिन् ।

काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा समेत संलग्न सत्यमानले गत वर्ष काभ्रे सिपालीका किसानको माला लुटेका थिए ।

सत्यमानलाई प्रहरीले रक्तचन्दन तस्करीमा पनि पक्राउ गरेर काराबाही गरिसकेको छ ।

महानगरीय अपराध महाशाखामा उनीविरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धम्क्याएर लुटेको उजुरी परेको छ ।

प्रतिक्रिया
सम्बन्धित