
काठमाडौं, ६ फागुन । चीनको वुहानबाट ल्याइएका १७५ जनाको सोमबार घाँटीको र्याल र ‘नेजेल स्वाब’ को नमुना संकलन गरिएको छ ।
चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीबाट संकलित नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
परीक्षणको नतिजा बुधबारसम्म सबैजनाको आइसक्ने जनाइएको छ । क्यारेन्टाइनमा राखिएकाहरूमध्ये कसैलाई कोरोना भाइरस देखिए वा शंकास्पद लक्षण देखिए थप परीक्षण तथा उपचारका लागि आइसोलेसन सुविधा भएका अस्पताल पठाइने छ ।
यस्तै परीक्षण दुई सातापछि पुनः गरिनेछ ।











प्रतिक्रिया