९ मंसिर २०८३, बुधबार

प्रचण्डकाे जिल्लामा अनेरास्ववियुका विद्यार्थीवीच झडप

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ६ फागुन । चितवन जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीवीच झडप भएको छ ।

आन्तरिक विवादका कारण विद्यार्थीवीच झडप भएको हो । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लामा विद्यार्थीवीच झडप भएपछि स्थितिले उग्ररुप लिएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीले सोमबार नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएका छन् ।

पाठकलाई घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् ।

विद्यार्थीले पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्षमा तोडफोड गरेका छन् । विद्यार्थीको तोडफोडबाट अध्यक्ष परियारको टेबलमा रहेका सिसा फुटेका छन् ।

घटनाले उग्ररुप लिन थालेपछि पार्टी कार्यालयमा प्रहरीले सुरक्षा दिएको छ ।