
काठमाडाैं, ६ फागुन । काठमाडाैंमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रवीण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै मृत्यु भएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया