भैरहवा, ६ फागुन । रुपन्देहीको सम्मरीमाई गाउँपालिका ३ थुम्वामा सामूहिक बलात्कारको घटना भएको छ ।
आइतबार राति स्थानीय एक १६ वर्षीया किशोरीलाई तीन जना युवाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडितले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।
गाउँमा महायज्ञ लागेको बेला राति करीब ११ बजे स्थानीय युवाले घरबाट किशोरीलाई बोलाएर निर्माणाधीन घरभित्र सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई उद्धृत गर्दै परिवारका सदस्यले जानकारी दिएका छन् ।
पारिवारिक स्रोतका अनुसार घटना भएको भोलि पल्ट बिहान पीडितले आफ्नी बहिनीसँग इलाका प्रहरी कार्यालय मर्चवारमा जानकारी गराएकी थिइन् ।
२ वर्षदेखि पीडितका बुवा र आमा उपाचारर्थ भारतको मुम्बई छन् । एक भाई, एक बहिनी र पीडित अपाङ हजुरबुवासँग बस्दै आएकी थिइन् ।
पीडितको जाहेरीको अधारमा आरोपित तीनै जनालाई नियन्त्रणमा लिई लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्त डिएसपी खड्ग बहादुर खत्रीले जानकारी दिए ।











प्रतिक्रिया