१ कार्तिक २०८३, आइतबार

मोफसलमा पहिलोपटक सर्वाधिक विधा समेटिएको पूर्वेली म्युजिक अवार्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ईटहरी, ५ फागुन । मोफसलमा पहिलोपटक लोक गीत संगित क्षेत्रमा सर्वाधिक विधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ ।

प्रदेश १ को ईटहरीमा आगामी फागुन १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा विधामा अवार्ड प्रदान गरिने छ ।

पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगीत, कला, संस्कार र संस्कृतिको सम्वर्द्धन र प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यका साथ सो अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहालले बताएका छन् ।

कार्यक्रमलाई रमपम चाउचाउले प्रायोजन गरेको छ । सोमबार ईटहरीस्थित ओसियन पार्कमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड बारे जानकारी गराईएको छ । कार्यक्रममा ईभेन्ट कोअर्डिनेटर राजन क्षेत्री र सब ओअर्डिनेटर बिपिन लिम्बुले अवार्डका बारेमा जानकारी गराएका थिए ।

अवार्डमा उत्कृष्ट नयाँ गायक, वर्षको उत्कृष्ट गीत, उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज, उत्कृष्ट संगित, उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट शब्द लाई अवार्ड प्रदान गरिने छ ।

यसैगरी विभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत, उत्कृष्ट तामाङ गीत, उत्कृष्ट शेर्पा गीत, उत्कृष्ट मगर गीत, उत्कृष्ट राई गीत, उत्कृष्ट गुरुङ गीत, उत्कृष्ट मैथिली गीत, उत्कृष्ट थारु गीत, उत्कृष्ट राजबंशी गीत, वर्षको उत्कृष्ट गीत, उत्कृष्ट भिडियो, उत्कृष्ट दृश्य सम्पादन, उत्कृष्ट भिडियो सम्पादन, उत्कृष्ट मोडल महिला र पुरुष दुवै विधामा र एकजनालाई लाईफटाईम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने छ ।

यसैगरी पुर्वमा रंग पत्रकारिता गरिरहेका एकजना रंगपत्रकार लाई समेत अवार्ड प्रदान गरिने जनाईएको छ । कार्यक्रममा १५ देखि २० लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक दाहालले बताए ।