
काठमाडौँ, ५ फागुन । दैनिक नेपाल प्रधान सम्पादक गणेश पाण्डेद्धारा निर्देशित सहायक श्रीमान (Co-Husband) ले सोमबार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । फिल्मले अवार्डसहित १ हजार अमेरिकी डलर जितेको हो ।
डकुमेन्ट्रीका निर्देशक एवं निर्माता पाण्डेले अन्तर्राष्ट्रिय जुरी, सम्पूर्ण दर्शक र आयोजकलाई धन्यवाद दिएका छन् ।
कर्णालीकाे बहुपति प्रथामा आधारित डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक ईश्वर कोइराला, सहायक निर्देशक नृपराज हमालले गरेका छन् ।















प्रतिक्रिया