९ मंसिर २०८३, बुधबार

चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच झडप, स्थिति तनावग्रस्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन ।  चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थीको दुई पक्षबीच झडप भएको छ ।

पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको हो । झडपबाट केहि विद्यार्थि नेताहरु घाइते भएको बताइएको छ ।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रमा एकता भए पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन । नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमति हुन नसक्दा घटनाले उग्ररुप लिन थालेको छ ।

रामपुरको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । क्रान्तिकारीका विद्यार्थीहरुले केन्द्रीय सदस्य देव पाठकबाट रड प्रहार गरी घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका छन् । रामपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।