
काठमाडौं, ५ फागुन । बलात्कारको मुद्वा मिलाइदिन्छु भन्दै घुस मागेको आरोपमा असईविरुद्व भ्रष्टाचार मुद्वा दायर भएको छ ।
महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत असई उमेश केसीले सामूहिक बलात्कारको मुद्वा मिलाइदिने भन्दै घुस मागेको आरोपमा अख्तियारले मूद्दा दायर गरेको हो ।
केसीले महानगरीय प्रहरी परिसर ललितपुरबाट अनुसन्धान भएको जबरजस्ती करणी मुद्दामा अदालतमा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने भन्दै घुस रकम मागेका थिए ।
उनलाई ६० लाख बिगो भराउने अख्तियारले जनाएको छ ।











प्रतिक्रिया