९ मंसिर २०८३, बुधबार

काठमाडौंमा बिजुलीको तार जमिन मुनि पुरेर बिछ्यान सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन ।   काठमाण्डौमा बिजुलीका तार जमिन मुनी बिछ्याउने काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जमिन मुनि बिछ्याउने कामको सुरुवात गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका छन् ।
तार बिछ्याउनका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग सन् २०१९को मार्चमा ठेक्का सम्झौता भएको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सुरु गरिएको आयोजनाको काम सन् २०२१ को अक्टोबरभित्रमा सक्ने लक्ष्य राखिएको छ ।