९ मंसिर २०८३, बुधबार

मकवानपुरमा गाँजासहित एक भारतीय पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटाैँडा, ५ फागुन । मकवानपुर जिल्लामा कारमा लुकाई ल्याएको अबैध लागुऔषध ३३ किलो ६ सयग्राम गाँजासहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका १९, नेवारपानीबाट भारतीय कारका चालक भारत, बिहार राज्य, पश्चिम चम्पारण जिल्लाको बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादव पक्राउ गरेका हुन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक(सई) राजेशकुमार यादवको नेतृत्वमा खटिएको टोलीले शनिबार कार रोकी जाँच गर्दा गाँजा फेला पारेको थियो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको झारखण्ड राज्यको जे एच ०९ ए ८३६१ नम्बरको कारलाई रोकी जाँच गर्दा कारको सिटमुनी ३३ किलो ६ सय ग्राम र बैकल्पीक टायरभित्र ३ किलोगरी ३३ किलो ६ सयग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए ।

गाँजा, कारसहित पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागुऔषध ओसारपसारमा संलग्नलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने कानूनी व्यवस्था छ ।