बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कुवेतमा मृत्यु हुने ६ नेपालीकै सनाखत

दैनिक नेपाल २०७६ फागुन ४ गते १९:३४

सांकेतिक तस्वीर

काठमाडौँ, ४ फागुन । कुवेतमा बालुवा र ग्राभेलको थुप्रो खस्दा पुरिएर मृत्यु हुने ६ नेपालीको पहिचान खुलेको छ ।

गत बुधबार साँझ ५ बजे कुवेतको अलमुत्ला क्षेत्रको ब्लक १ एन ५ मा ढल निर्माणमा व्यस्त रहँदा माथिबाट बालुवा र ग्राभेलको थुप्रो खसेर ६ जना नेपालीको निधन भएको थियो ।

कुवेतका लागि नेपाली राजदूतावासले आइतबारसम्ममा सबैका परिचय खुलेको जनाएको छ ।

मृतकमध्ये पाल्पाका एक बहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको यसअघि सनाखत भएको थियो ।

मृत्यु हुने अन्य दुई नवलपरासीका पुर्णबहादुर सुनारी मगर र रोल्पाका राजु रोका मगरको आइतबार राजदूतावासले नाम सार्वजनिक गरेको हो ।
ढिस्कोले पुरिँदा अन्य दुई नेपाली घाइते समेत भएका थिए ।

घाइते धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डलको जाहारा अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित