शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पूर्वसचिव कार्की पत्नी मुना हत्या : मृतकद्वयको मोबाइल प्रहरी ल्याबमा, पोस्टमार्टम रिपोर्ट आयो

दैनिक नेपाल २०७६ फागुन ४ गते १५:२२

काठमाडौं, ४ फागुन । ललितपुरको सानेपामा २७ माघमा भएको पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीको हत्या प्रकरणको कारण पत्ता लगाउन प्रहरीले आत्महत्या गरेका कामदार बिजय चौधरीसहितको मोबाइल परिक्षणका लागि प्रहरी ल्याबमा पठाएको छ ।

प्रहरी स्रोतका अनुसार दुवैको मृत्यु कसरी भयो भन्ने खुले पनि घटनाक्रम विकास हुनुको कारणबारे पत्ता लगाउन अन्य विविध सामग्री पनि परिक्षणका लागि ल्याबमा पठाएको छ ।

पोष्टमार्टम रिपोर्ट भने आइसकेको छ । उक्त रिपोर्टमा मुनाको मृत्यु घाँटीमा डोरी कसी भएको उल्लेख छ भने चौधरीको आत्महत्या पनि झुन्डिएका कारण नै भएको उल्लेख छ ।

‘हत्या र आत्महत्याको कारण पत्ता लगाउने मुख्य प्रमाणचाहिँ मोबाइलहरूबाट आउने हामीले विश्वास लिएका छौं’, ललितपुर प्रहरीका एक अधिकारी भन्छन्,‘केही दिनमा रिपोर्ट आएपछि खास कारण पत्ता लाग्नेछ ।’

हत्याको कारण खुलाउनका लागि प्रहरीले अनुसन्धानका क्रममा अर्जुन कार्कीका गाडी चालक नुवाकोटका दीपेन्द्र डंगोल, उनको घरमा काम गर्ने महिला मीना कोइराला र घटना घटेको दिन  कार्की निवासमा गएका प्लम्बर रमेश कार्कीसँग पनि बयान लिइसकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित