शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको दाबी, कलाकार कट्टेल र महानगरपालिका मेयर दाहालविरुद्ध अख्तियारमा उजुरी

दैनिक नेपाल २०७६ फागुन ४ गते १५:०१

काठमाडौं, ४ फागुन । रामपुर कृषि क्याम्पसको जग्गा अनधिकृत रूपमा भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेशनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको दाबी गरिएको छ ।

महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउन्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेलले यसरी अनधिकृत रूपमा विश्वविद्यालयको जग्गाको दुरुपयोग गरिएको भन्दै अभियन्ता बताउने तारा बरालले अख्तियारमा उजुरी हालेको दाबी गरेकी छन् ।

‘देशको सम्पत्तिलाई अनधिकृत रुपमा रंगशालाका नाममा जग्गा हस्तान्तरण गर्ने काम भयो अख्तियारमा उजुरी परेको छ’, बरालले भनिन्,‘पशु अनुसन्धानशाला नाश गरेर रंगशाला बनाउने कुरा हुँदैन ।’

अख्तियारले छानबिन नगरे सर्वोच्च अदालतसम्म पुग्ने उनले दाबी गरेकी छन् । उनले फाउन्डेशनका अध्यक्ष कट्टेल पूर्वएमालेको कार्यकर्ता भएको, नाम कमाउनका लागि पशु अनुसन्धानशाला नष्ट गरी चर्चा कमाउन खोजेको बरालले आरोप लगाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित