बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

स्वास्थ्यसचिव बरालले दुर्व्यवहार गरेको आरोप

दैनिक नेपाल २०७६ फागुन ४ गते १०:५१

काठमाडौं, ४ फागुन ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालमाथि दुर्व्यवहारको आरोप लागेको छ । नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका क्लिनिकल फार्माकोलोजी विभागका प्रमुख सहप्रा डा. सतिसकुमार देवले सचिव बरालमाथि दुव्र्यवहार र गालीगलौजको आरोप लागाएका हुन् ।

सचिव बरालले चिकित्सकहरूलाई बारम्बार गालीगलौज गर्ने गरेको र आफूमाथि पनि दुर्व्यवहार भएको भन्दै न्याय दिलाइदिन नेपाल चिकित्सक संघमा निवेदन दिएका छन् । १ फागुनमा स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्षमा भएको बैठकमा सचिव बरालले आफू तथा समग्र चिकित्सकलाई गालीगलौज तथा दुव्र्यवहार गरेको डा. देवले निवेदनमा उल्लेख गरेका छन् ।

राज्यमन्त्री नवराज राउतको उपस्थितिमा भएको छलफलमा सचिव बराल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, प्रशासन समूहका सहसचिव रघुराम विष्टसमेतको उपस्थिति रहेको डा. देवले जनाएका छन् ।

सो छलफलमा बिमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसाद, कार्यकारी निर्देशक डा. रमेश पोखरेल, सदस्यहरू डा. दीपेन्द्र यादव, डा. अनिरा वैद्य र राज्यमन्त्री राउतका दुई स्वकीय सचिव भीमराज सिंह र कर्णराज आचार्यको समेत उपस्थिति रहेको देवले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित