९ मंसिर २०८३, बुधबार

घाँटी रेटेर किशोरीको हत्या

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन ।   सल्यानको त्रिवेणी गाउँपालिका- १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको छ । काभ्रा निवासी अन्दाजी १६-१७ बर्षीया कविता बोहराको हत्या भएको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले उनको घाँटीको स्वासनली काटेर हत्या भएको जानकारी दिए। शव घरभन्दा करिब १०-१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो ।

‘अगाडिबाट घाँटी काटेको अवस्थामा उनको शव फेला परेको छ,’ डिएसपी खतिवडाले भने।

अभिभावकले शुक्रबार राति ९ बजेसम्म कविता कोठमा एक्लै पढिरहेकी थिइन। घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुनसक्ने र त्यही समयमा घाँटी रेटर हत्या भएको देखिन आएको डिएसपी खतिवडाले बताए ।

गत शुक्रबार राति ९ बजेसम्म कविता आफ्नै घरमा थिइन् । घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको र त्यही समयमा घाँटी रेटेर हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । घटनावारे अनुसन्धान जारी रहेको डिएसपी खतिवडाले जानकारी दिए ।