
काठमाडौं, ४ फागुन । प्रहरीले नयाँ बसपार्क क्षेत्रमा छापा मारेको छ ।
बसपार्क शुद्वीकरण अभियानअन्र्तगत प्रहरीले गएराति प्रहरीले छापा मारी अवैध कार्यमा संलग्न ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सनकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङललगायत छन् । नियन्त्रणमा रहेका सानुकाजी जबरजस्ती करणीका फरार अभियुक्त हुन् ।
पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको वृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिए ।











प्रतिक्रिया