
काठमाडाैं, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पुर्ण ध्यान संगठन निर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं -५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले काठमाडौं -५ लाई संगठनको दृष्टिकोणले मुलुककै नमुना क्षेत्र बनाउन आग्रह गरे।
बिगतको गल्ती त्रुटि कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी निर्माण गर्ने थापाले प्रतिबद्धता जनाए। काँग्रेस, कम्युनिष्टले पटक-पटक अबसर पाएर पनि असफलता प्राप्त गरेको भन्दै थापाले काङ्ग्रेस कम्युनिष्टको बिकल्पको रुपमा राप्रपालाई स्थापित गराउनुपर्ने आबश्यकता औल्याए।
मुलुकको धरातलीय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति,बिचार र मार्गचित्र मुलुकको निमित्त उपयुक्त भएको थापाको जिकिर थियो ।











प्रतिक्रिया