
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर भिमदत्तकी १३ बर्षिया किशोरी निर्मला पन्त बलात्कार र हत्या प्रकरणका दोषीले कठघरामा उभिने दिन आएको बताएका छन् ।
शनिबार संघीय संसदको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले हत्याका मुख्य अभियुक्त पक्राउ भइसकेको संकेत गर्दै यसो भनेका हुन् ।
यो प्रकरणलाई विभिन्न कोणबाट गिजोलिने प्रयास गरे पनि सरकारले अनुसन्धान गरी हत्याका अभियुक्तलाई कानुनी कठघरामा उभ्याउने प्रधानमन्त्रीको दाबी थियो ।
प्रधानमन्त्रीले यस प्रकरणबारे दाबी गर्दा सदनमा ताली बजेको थियो ।











प्रतिक्रिया