शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एसएसपी राणाविरुद्धको यौन हिंसा मुद्दा अदालत पुगेन

दैनिक नेपाल २०७६ फागुन ३ गते ११:२१

काठमाडौं, ३ फागुन । संघीय प्रहरी ईकाई धरानका निलम्बित प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणामाथि लागेको यौन हिंसाको मुद्दा अदालतमा प्रवेश नगर्ने भएको छ ।

सरकारी वकिलको कार्यालय सुनसरीले राणामाथि लगाइएको अभियोग र उजुरीमा यौन हिंसा गरेको भन्ने प्रष्ट हुन नसकेकाले मुद्दा अदालतमा प्रवेश नगराउने निर्णय शुक्रबार गरेको थियो ।

तर एसएसपी राणाले भने जिल्ला प्रहरी कार्यालयमा हाजिरी जमानीका लागिचाहिँ उपस्थित हुनुपर्ने निर्णय सरकारी वकिलको कार्यालयले गरको छ ।

एक महिलाले आफूलाई इटहरीमा बलात्कार गरेको भनी सुनसरी प्रहरीमा एसएसपी राणाविरुद्ध उजुरी गरेकी थिइन् । अनुसन्धानका क्रममा झापावासी ति महिलाले उजुरीमा उल्लेख गरेको घटना विवरणको मिति र एसएसपी राणा त्यस समयमा भएका स्थानका प्रमाण मिल्न सकेको थिएन ।

निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएपछि एसएसपी राणाले प्रहरीलाई सघाएका थिए । उनी जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं उपस्थित भएका थिए ।

तर ति विवादीत महिलासँग एसएसपी राणाको सम्बन्धचाहिँ एसपी हुँदादेखि नै रहेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित