बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

ट्रवाइलेटमा लगेर क्याम्पसका युवतीहरूकाे अण्डरवेर खाेलेर हेरियाे

दैनिक नेपाल २०७६ फागुन ३ गते ८:१२

नयाँदिल्ली । भारतको गुजरात राज्यमा रहेको क्याम्पसका छात्रालाई उनीहरू महिनावारी भए नभएको जाँच गर्नका लागि अण्डवेर खोल्न लगाएको घटना सार्वजनिक भएको छ ।

गुजरातको भुज शहरमा रहेको श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एसएसजिआई) को छात्राबास प्रमुखले प्रिन्सिपलसँग केही छात्राले महनावारी भएका बेला छात्राबासको धार्मिक परम्परा तोडेको गुनासो गरेका थिए ।

सो गुनासो पछि स्वामीनारायण संप्रदायको नियम अनुसार छात्रालाई महनावारी भएको भए स्वतन्त्र रुपमा अगाडि आउन भनियो । स्वामीनारायण संप्रदायको नियम अनुसार महिनावारी भएका बेला महिलाहरू मन्दिर तथा भान्छामा जान पाउँदैनन् ।

महिनावारी भएको भनेर स्वतन्त्र रुपमा अगाडि नआएका छात्रालाई अण्डरवेयर खोल्न लगाएर त्यसको निर्क्यौल गरिएको आरोप छ । सो क्याम्पसकी एक छात्राले भनेकी छन्, ‘फेब्रुअरी ११ मा होस्टर तथा क्याम्पसअघि हामीलाई एक–एक गरेर बाथरुपममा लगियो र अण्डरवेयर खोलेर हेरियो कि महिनावारी भएको छ वा छैन ।’

ती छात्राले भनिन्, ‘उनीहरूले हामीलाई छोएनन् र उनीहरूको कुराले हामी निकै भयभित भयौँ, आफ्नो कपडा खोलेर प्रमाण दिन बाध्य भयौँ ।’

घटनाले आफूहरूमा गहिरो मानसिक असर परेको र यो घटनाविरुद्ध कानूनी कारवाही हुनुपर्ने उनीहरूले बताएका छन् ।

विश्वविद्यालयकी कार्यकारी काउन्सिल सदस्य प्रवीण पिंडोरियाले छात्राले होस्टेल छोडेमा मात्रै कानूनी कारवाही गर्न सक्ने बताएको छात्राको भनाई छ ।

क्याम्पसकी प्रिन्सिपल रीताबेन, संयोजक अनिताबेन र स्कूलका प्रिन्सिपल दक्षाबेनले आफूहरूलाई भावुक बनाएर ब्ल्याकमेल गरेको छात्राले बताएका छन् ।

उनीहरूले आफूहरूलाई बाध्य बनाएर यो घटनामा कुनै कानूनी कारवाही प्रक्रिया नगर्ने सम्बन्धी पत्र लेखाएको छात्राको भनाई छ ।

स्वामीनारायण संप्रदायका अनुयायी एक छात्राका पिताले भनेका छन्, ‘नियममा मेरो पनि विश्वास छ तर छोरीहरुलाई यसरी प्रताडित गर्ने कुनै अधिकार छैन ।’

एक छात्राका अनुसार महिनावारी भएका छात्रालाई छुट्टै राख्ने संस्थानको नियम छ । पछिल्लो दुई महिनासम्म त्यसका लागि कुनै पनि छात्राले नाम लेखाएका थिएनन् ।

उनीहरूको यो विरोधपछि क्याम्पस तथा होस्टेल प्रशासनले छात्रामाथि दुर्व्यवहार गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित