शनिबार, १० साउन २०७७
DainikNepal.com
शनिबार, १० साउन २०७७

वीपी प्रतिष्ठानका प्रस्तावित उपकुलपति डा. गिरी : जसले एम्सको अवसर छाडी देश रोजे

दैनिक नेपाल २०७६ फागुन २ गते १०:३७

काठमाडौं, २ फागुन । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रस्तावित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले देशमा नै स्वास्थ्य सेवामा योगदान गर्न २४ बर्षअघि देखि नै ठूला अवसर त्याग गरेको खुलेको छ ।

स्वास्थ्य क्षेत्रको अध्ययनका लागि ख्याती कमाएको भारतको ‘अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्स (एम्स)’मा अध्यनका क्रममा उत्कृष्ट बनेका नेपाली डा. गिरीलाई फ्याकल्टी प्रमुखका लागि ०४२ सालमा नै प्रस्ताव गरिएको थियो ।

उनको अध्ययन लगनशीलता र मेडिकल क्षेत्रको उत्कृष्टता देखेर एम्सले जागिर नै दिएको थियो । तर, देशको स्वास्थ्य क्षेत्रको उन्नयनका निम्ति भन्दै उनले एम्सले दिएको उक्त अफर त्या गरेका थिए ।

प्रतिष्ठानको उपकुलपतिका लागि प्रस्तावित तीन जना मध्येका डा. गिरी साधगी जीवन र राजनीतिक दलका नेताहरूले दिएको प्रताडनाबीच पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका छन् ।

सन् १९९८ अमेरिकाको कोलोराडोस्थि इस्टिच्युट अफ हेल्थ एन्ड साइन्समा पनि प्राध्यापकका रूपमा अनुभव बटुलेका गिरी हाल भने विराट मेडिकल कलेजमा प्रोफेसर र मेडिकल डिपार्टमेन्ट प्रमुखका रुपमा कार्यरत छन् ।

कार्डियोलोजी विशेषज्ञ डा. गिरीलाई कोशी अञ्चल अस्पतालमा तत्कालिन प्रमुखका रुपमा नियुक्त गर्नुपर्ने भए पनि उनी आवद्ध नेपाली कांग्रेसका नेताले नै प्रताडित बनाएका थिए । खासगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उनको काम र सेवा भावलाई अगाडि बढ्न नदिएको बताइन्छ ।

बिराटनगरस्थित नोबेल मेडिकल कलेजको स्थापना गर्न पनि उनको ठूलो योगदान र भूमिका रहेको छ । स्थापना भएको ५ बर्षभित्र नै उनलाई पूर्वाग्रहका आधारमा सुनिल शर्माले अपहरण गर्न लगाएर शेयर फिर्ता गराएका थिए ।

राजनीतिक रूपमा नेपाली कांग्रेसमा असुरक्षित भएपछि डा. गिरी तत्कालिन एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत कम्युनिस्टको छहारीमा आएका थिए ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले उपकुलपतिका लागि गिरीलाई नै अगाडि सारेका छन् । कम्युनिस्ट भित्र पनि राजनीतिक ध्रुवीकरण रहेका कारण हालसम्म प्रतिष्ठानको उपकुलपपति नियुक्ति हुन सकेको छैन । उच्च स्रोतले भन्यो,‘प्रधानमन्त्री ओली कुलपति भएको र सरकारले नै यो निर्णय लिने भएकाले अन्तिम तीन जनामा परेका गिरी नै उपकुलपति हुनेछन् ।’

प्रतिक्रिया
सम्बन्धित