शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

थरुहटद्वारा धनगढीमा सामूहिक अनशन शुरू

दैनिक नेपाल २०७६ फागुन २ गते ९:०९

धनगढी,  २ फागुन । थरुहट, थारुवान संयूक्त संघर्ष समितिले बिहीबारदेखि धनगढीमा सामूहिक अनशन सुरु गरेको छ ।

थारु नेता लक्ष्मण थारुको नेतृत्वमा जेलबन्दीका परिवारहरुको सहभागितामा धनगढीस्थित गुरही (क्याम्पस) चौकमा सामूहिक आमरण अनशन सुरु भएको हो ।

अनशन सुरु गर्दै थरुहट, थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले सरकारले थारुहरुको माग पूरा नगरेसम्म अनशन जारी राख्ने बताए । नेता थारुले आन्दोलनलाई अझ शसक्त बनाउँदै अघि बढ्ने बताए ।

टाउकोमा कालो पट्टी बाँधी अनसन सुरु गरेका थारुले आमरण अनशनमा पहिचान पक्षधर राजनीतिक दल, आदिवासी, जनजाती, मगरात, लिम्बुवान, तमुवान, खम्बुवान, किरात, नेवाः, सेर्पा, मधेशी, खसान लगायतले ऐक्यवद्धता जनाएको बताए ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य रेशमलाल चौधरीसहित अन्यलाई सरकारले बिना सर्त रिहा गर्नुपर्ने लक्ष्मण चाैधरीले माग गरे ।

आमरण अनशनमा बोल्दै सघीय लोकतात्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिग्देलले टिकापुर घटना राजनीतिक घटना भएको बताए । सरकारले थारुहरुसँग वार्ता, बहस र छलफल गरेर यो घटनालाई टुगाउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित