शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नक्कली प्रहरी बन्दा सक्कलीको फन्दा

दैनिक नेपाल २०७६ माघ २९ गते १३:५५

कैलाली, २९ माघ । नक्कली प्रहरी बनेर असुली गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली मनहेराका ३२ वर्षीय सनम भण्डारी, कैलालीकै हसनपुरका ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्बासका ३३ वर्षीय किशन सिजापतिले नक्कली प्रहरी भन्दै असुली थालेका थिए ।

धनगढी उपमहानगरपालीका ३, मिलनचोकस्थित चन्द्रभान शर्माले सञ्चालन गरेको रिक्सा, साइकल मर्मत पसलमा गएर आफू प्रहरी भएको भन्दै रकम माग गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट आएको भनेर शर्मासँग तीन जनाले २५ सय लगेका थिए । शर्माको उजुरीका आधारमा नै तीन जना पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित