शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दाङ देउखुरी सेवा समाज नेपालको दोस्रो अधिबेशन सम्पन्न

दैनिक नेपाल २०७६ माघ २९ गते ७:०८

लमही । दाङ देउखुरी सेवा समाज घोराही दाङ नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन जिल्ला समन्वय समितिको सभाहलमा संस्थाका अध्यक्ष नुमाकान्त सुवेदीको अध्यक्षता सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितीका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख अतिथीमा बिशिस्ट अतिथी महिला बिकास अधिकृत मोतीकुमारी बिश्वकर्मा, बिशिस्ट अतिथीहरू दाङ देउखुरी सेवा समाज दोहा कतारका संस्थापक अध्यक्ष गणेश प्रसाद बन्जाडे, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, दाङ देउखुरी सेवा समाज दोहा कतारका संस्थापक महासचिव लुमाकान्त पुन मगर, दाङ देउखुरी सेवा समाज दोहा कतारका संस्थापक कोषाध्यक्ष सूर्य सुवेदी, दाङ देउखुरी समाज यु.ए.इ. का संस्थापक सल्लाहकार चित्र नेपाली, दाङ देउखुरी सेवा समाज यु. ए. ई.का संस्थापक कोषाध्यक्ष तेजप्रसाद आचार्य, दाङ देउखुरी सेवा समाज दोहा कतारका महासचिव मीनराज पुन मगर, दाङ कोषाध्यक्ष केशव बिएम लगायतको उपस्थिती रहेको थियो ।

दाङ्ग देउखुरी सेवा समाज संस्था घोराहीको दोस्रो साधारण सभाको उपलक्ष्यमा समाजले प्रभातकालीन कार्यक्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहीमा रहेका बिरामीहरूलाई फलफूल बितरण कार्यक्रम गरेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष नुमाकान्त सुबेदीको नेतृत्वमा कार्यसमिति का पदाधिकारी सल्लाहकार सहित राप्ती स्वस्थ्य बिज्ञान प्रतिस्ठानका प्रशासन अधिकृत रमिता गौतमको सहभगिता थियो ।

प्रमुख अतिथि जितेन्द्रमान नेपालीले दाङ्ग देउखुरी सेवा समाजको सकारात्मक सेवाले अरु सामाजिक संस्थाले पनि पाठ सिक्नुपर्ने बताए ।

दाङ्ग देउखुरी सेवा समाजले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा समाज सङ्ग सम्बन्ध नजिक बढाउने बिश्वास ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित