बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नौ जना डीआईजीहरूको सरुवा र पदस्थापना

दैनिक नेपाल २०७६ माघ २८ गते ८:५०

काठमाडौं, २८ माघ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले चार जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । पाँच जना डीआईजीको पदस्थापन गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार डीआईजीहरुको सरुवा र पदस्थापन गरेका हुन् ।

नम्बर ३ बाहिनीका बाहिनीपति चीरञ्जीवी अधिकारीलाई प्रधान कार्यालय मानवस्रोत विभागमा सरुवा गरिएको छ ।

उनको ठाउँमा कृष्णभक्त ब्रम्हाचार्यलाई पदस्थापन गरिएको छ ।

नम्बर ७ बाहिनीको बाहिनीपतिमा हरिशंकर बुढाथोकीलाई पदस्थापन गरिएको छ ।

सो बाहिनीका बाहिनीपति गोविन्द क्षेत्रीलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिस्थान सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रवीणकुमार श्रेष्ठलाई लगिएको छ । अब उनैले सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी बहन गर्ने छन् ।

बंशीराज दाहाललाई मानवस्रोत विभाग, ई. किशोर प्रधानलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय र राजेन्द्र बस्नेतलाई एपीएफ कमान्ड तथा स्टाफ कलेजमा पदस्थापन गरिएको छ ।

नम्बर ४ बाहिनीको बाहिनीपतिको जिम्मेवारी कविन्द्रमान श्रेष्ठलाई दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित