शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कामदारले यसरी गरे पूर्वसचिव कार्कीपत्नी मुनाको हत्या

दैनिक नेपाल २०७६ माघ २७ गते १७:०८

काठमाडौं, २६ । ललितपुरको सानेपमा पूर्वसचिव अर्जुन कार्की पत्नी मुना अधिकारीको कामदारले पिटेर हत्या गरेको खुलेको छ ।

बिहान १० बजेदेखि ११ बजेको समयमा घरमा कोही नभएको अवस्थामा कार्कीलाई २२ वर्षीय विजय चौधरीले कुटीकुटी हत्या गरेको सीसीटिभी फूटेजमा खुलेको छ ।

घटनास्थलबाट प्रहरीले भाँचिएको अवस्थामा प्लाष्टिकको पिर्का फेला पारेको छ । प्रहरीले घरभित्र नै लिभिङ रुममा विजय चौधरीलाई नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको थियो ।

बिहान १० बजेर १० मिनेटमा युवकले मुनालाई डोरीले घाँटीमा लगाएर लडाएको त्यसपछि पिर्काले प्रहार गरेर हत्या गरेको सीसीटिभीमा देखिएको हो । सो क्रममा दुबैजनाबीच केहीबेर लडाई भएको पनि देखिएको छ । कुटपिटका क्रममा मुनाको नजिकैको धारामा ठोक्किएको पनि खुलेको छ । मुनाको उपचारको क्रममो स्टार हस्पिटलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित