
पोखरा, २७ माघ । सोमबार बिहान पोखराको सेती नदीको खोँचका खसेका युवा आकाश गुरुङको सकुशल उद्वार भएको छ ।
विहान कुकुरलाई बचाउने प्रयास गर्दा आफैँ खोँचमा खसेका गुरुङको नेपाल प्रहरी र स्थानियको सहयोगमा उद्वार भएको हो ।
खोँचमा फसेका गुरुङलाई स्थानीयहरुले देखी प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उद्दारको लागि खटिएको, प्रहरीले जनाएको छ।
उनको अवस्था सामान्य रहेको छ ।











प्रतिक्रिया