शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पूर्व सचिवको घरमा कामदार मृत फेला, श्रीमती गम्भिर

दैनिक नेपाल २०७६ माघ २७ गते १३:१५

काठमाडाैं, २७ माघ ।   पूर्व सचिव अर्जुन कार्कीको घरमा कामदार मृत फेला परेका छन् भने श्रीमती गम्भिर घाइते अवस्थामा फेला परेका छिन् ।

सोमबार बिहान ललितपुरको सानेपास्थित आफ्नै निवासमा पत्नी मुना कार्कीलाई अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घरमा काम गर्ने विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

भान्छा कोठामा फेला परेकी कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको छ ।

मुनाको हत्या प्रयास भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । प्रहरीले मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित