
सिरहा, २७ माघ । सिरहा–चोहर्वा सडकखण्ड अन्र्तगत सोमबार बिहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सिरहाबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको बसले बिपरित दिशातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकलमा सवार सिरहा नगरपालिका ३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।











प्रतिक्रिया