
काठमाडौं, २७ माघ । कुख्यात साहुकार रामबाबु रायविरुद्ध सर्लाही जिल्ला अदालतले आइतबारदेखि बयान जारी रहेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन सुरु गरेको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए ।
यादवविरुद्ध अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरिएको छ । प्रहरीले २५ दिनको लामो अनुसन्धान सम्पन्न गरेर शुक्रबार जिल्ला सरकारी वकिलमार्फत यादवलाई अदालत पेस गरेको थियो ।
बयान सकेर सोमबारबाटै थुनछेक बहस सुरु हुने सम्भावना रहेको श्रेस्तेदार पौडेलले बताए । ऋण लिँदा ऋणीले धितो राखेको जग्गा जानकारीविनै अन्य व्यक्तिलाई बिक्री गरेर बिल्लीबाठ पारेको र ऋणीसँग कपाली तमसुक बनाएर चर्को ब्याज असुली गरेको उजुरीपछि यादवलाई २३ पुसमा प्रहरीले पक्राउ गरेको थियो ।
‘मिटरब्याजी’ आरोपी यादवलाई २८ वटा निवेदनबाट २० करोड ४४ लाखबराबरको बिगोदाबी गरिएको छ ।











प्रतिक्रिया