बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

चीनबाट नेपालीको उद्वारको लागि नेपाल एयरलाइन्स जाने

दैनिक नेपाल २०७६ माघ २७ गते ११:५५

काठमाडौं, २७ माघ ।  चीनमा रहेका नेपालीको उद्वारका लागि नेपालबाट नेपाल एयरलायन्सको जहाज चीन जाने भएको छ ।

झन्डै १ सय ८० को हाराहारीमा रहेका नेपाली लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज जाने तयारी भएको बुझिएको छ ।

फागुन ३ गते चीनको वुहान जहाज पठाउने गरी तयारी भएको विमानस्थल स्रोतले जनाएको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि अहिले सबै देशले आफ्नो नागरिक फिर्ता लगिरहेका छन् ।

नेपाल सरकारले पनि नेपालीको उद्वार गर्ने तयारी भइरहेको बताए पनि अहिलेसम्म उद्वार नगर्दा सरकारको विरोधसमेत सुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित