शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

माधव–विष्णुलाई निर्दोष भएरै अख्तियारले छाडेको होः विष्णु रिमाल

दैनिक नेपाल २०७६ माघ २७ गते १०:३२

काठमाडौं, २७ माघ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा गरेको निर्णयको प्रशंसा गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रमुख राजनीतिक सल्लाहकार रिमालले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको निर्णयलाई सबैले मान्नुपर्ने बताए । अख्तियारले अदालतमा मुद्धा दर्ता गरिसकेका कारण त्यसको फैसला अदालतमा नै हुने उनले बताए ।

प्रमुख राजनीतिक सल्लाहकार रिमालले नेपाली कांग्रेसले बालुवाटारको जग्गा प्रकरणमा आन्दोलन गरेकोमा असन्तुष्टि जनाए । ‘कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा गर्न खोजेको के हो ? दोषीलाई कारबाही गर्न मुद्धा चलाउँदा आन्दोलन गर्ने किन होला ?’, उनले भने, ‘अख्तियारले जे गरेको छ ठीक गरेको छ ।’

माधवकुमार नेपाल र विष्णु पौडेलका विषयमा रिमालले भने, ‘अख्तियारले छानविन गरेको छ । दोषी नदेखेपछि छाडेको हो । यस विषयलाई धेरै कुरा गर्नु आवश्यक छैन ।’

प्रतिक्रिया
सम्बन्धित