बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आठ भारतीय पर्यटकको मृत्यु भएको दामनको पानोरमा रिसोर्ट बिना दर्ता नै संचालन

दैनिक नेपाल २०७६ माघ २७ गते १०:३७

काठमाडौं, २७ माघ ।   नेपाल घुम्न आएका आठ भारतीय पर्यटकको मृत्यु भएको मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट बिना दर्ता नै संचालन भएको पाइएको छ ।

भारतीय पर्यटकको मृत्यु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरेका थिए।

छानबिन समितिले बुझाएको प्रतिवेदनमा रिसोर्ट पर्यटन विभागमा दर्ता नै नभएको पाइएको उल्लेख गरेको छ । रिसोर्ट पूर्वाधार बिना नै संचालन भएकोसमेत पाइएको समितिले जनाएको छ । प्रतिवेदनले उक्त रिसोर्टको कोठामा धुँवा, ताप, आगो आदि पहिचान गर्ने स्मोक डिडेक्सनको व्यवस्था पनि नभएको औल्याएको छ।

भारतको केरलाबाट नेपाल घुम्न आएका आठ पर्यटकको माघ ६ गते उक्त होटलमा बसेका थिए । रिसोर्टमा ग्याँस हिटर बालेर सुतेका उनिहरुको निसास्सिएर मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित