काठमाडौं, २७ माघ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । बैठक दिउँसो एक बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारसहितलाई मुद्दा चलाएपछि कांग्रेसले संसदमा त्यसको विरोध गरिरहेको छ ।
कांग्रेसका भ्रातृसंगठनहरूले सडकमा अख्तियारले सत्तारुढ नेकपाका नेतालाई चोख्याउने गरी पक्षपाती रुपमा मुद्दा चलाएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।











प्रतिक्रिया