शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

विवाहेत्तर सम्बन्धको अर्को चित्र : प्रेमीसँग खटपटपछि सम्झनाको हत्या

दैनिक नेपाल २०७६ माघ २६ गते १९:१२

इटहरी, २६ माघ । दुई सन्तानकी आमा सम्झना खत्री परियारको प्रेमीले हत्या गरेको स्वीकारेका छन् । सुनसरी दुहवी६ कालीमन्दिर चोककी ३२ बर्षिया सम्झनाको घाँटी रेटी हत्या गरिएको अवस्थामा शुक्रबार बिराटनगर१२को उखुबारीमा शव फेला परेको थियो ।

सम्झनाका पति इलाममा टेलरको काम गर्छन् । मंगलबारमात्र उनीहरूबीच फोनमा कुराकानी भएको थियो ।

मंगलबारै सम्झना सजिएर बाहिर निस्किएकी थिइन्, शुक्रबार उनको शव फेला परेको थियो ।

सप्तरीको कृष्णश्रवण गाउँपालिका३ स्थायी घर भई बुढीगंगा गाउँपालिका३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद साह सम्झनाका प्रेमी रहेको खुलेको छ । साहले हत्या गरेको प्रहरीको बयानमा स्वीकार गरेका छन् । बुढीगंगा गाउँपालिकामा रहेको क्लालिटी नुडल्स प्रालिमा स्टोर इञ्चार्जका रुपमा साह काम गर्दै आइरहेका थिए ।

क्वालिटी नुडल्समा काम गर्दा सम्झना र सुरेन्द्रबीच प्रेमसम्बन्ध सुरु भएको थियो । तर पछिल्लो समय भने सम्झनाले काम गर्न छाडेकी थिइन् । तीन वर्षयता प्रेम सम्बन्धमा रहेका उनीहरुबीच शारीरिक सम्बन्धसमेत हुँदै आएको प्रहरीले पत्ता लगाएको छ ।

विवाहेत्तर सम्बन्धमा रहेकी सम्झनाका लागि जागिर छाडेर दूरी बढ्नु, प्रेमीसँग खटपट पर्नु नै ज्यान गुमाउने कारण बन्यो । मंगलबार विहान साहको फोन सम्झनाले नउठाएको पनि खुलेको छ ।

साह अफिसबाट समय मिलाएर दिउँसो सम्झनाको घर पुगे । सम्झनाका दुई छोरी स्कुल गएका थिए । सम्झना भने घरमा ताल्चा लगाएर बाहिर गएकी थिइन्, साहले बयानका क्रममा भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित