९ मंसिर २०८३, बुधबार

चीनमा रहेका नेपाली नागरिकलाई तुरुन्त फर्काउन आयोगको निर्देशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । चीनमा रहेका नेपाली नागरिकलाई सुरक्षितसाथ फर्काउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ ।

कोरोना भाईरसको संक्रमण र त्रासका बीच स्वदेश फर्किनका लागि विलाप गरिरहेका नेपाली नागरिक र विद्यार्थीलाई फर्काउन सरकारले ढिलो गरेको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

चीनको हुवेई प्रान्तमा १८० नेपाली स्वदेश फर्किनका लागि विलाप गरिरहेको छ । आइतबार बसेको आयोगको बैठकले परराष्ट्र, स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिवलाई बोलाएर यस विषयमा जानकारी लिने निर्णय पनि गरेको छ ।