मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

बाँसको कप्टेराले घाँटी रेटी प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ

दैनिक नेपाल २०७६ माघ २६ गते १५:५९

सप्तरी, २६ माघ ।    समान्य विवादमा प्रेमिकको बाँसको कप्टेराले घाँटी रेटी हत्या गर्ने प्रेमी पक्राउ परेका छन् ।

सप्तरी कृष्णश्रवण गाउँपालिका ३ घर भई मोरङ पोठियामा बस्ने सुरेन्द्र प्रसाद शाह प्रेमिका सम्झना खत्रीको हत्या आरोपमा पक्राउ परेका हुन् ।

शाहलाई आज पत्रकार सम्मेलन गर्दैे मोरङ प्रहरीले सार्वजनिक गरेको हो । सामान्य विवादमा शाहले आवेगमा आइ शाहले सम्झनालाई उनकै सलले घाँटीमा बेरेर तान्दै उखुबारीमा लगेर बाँसको कप्टेरोले घाँटी रेटी हत्या गरेको स्विकारेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सम्झना र शाहबीच विगत तीनवर्षदेखि प्रेम सम्बन्ध रहेको शाहले स्विकारेका छन् । सम्झनाका श्रीमान र दुई छोरी रहेका छन् । समझनाको शव उखुबारीमा २४ गते भेटिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित