बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सेनाको अलग्गै जासुसी संस्था गठनको प्रक्रिया बढ्यो, विधयेक दर्ता

दैनिक नेपाल २०७६ माघ २६ गते १५:३२

काठमाडौं, २६ माघ । नेपाली सेनाको अलग्गै जासुसी संस्था गठनको प्रक्रिया विधयेकका रुपमा अगाडि बढेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार संघीय संसदको सचिवालयमा यससम्बन्धी विधयेक दर्ता गरेपछि यो अघि बढेको हो । सैनिक ऐन २०६३ को संसोधन विधयेक पारित भएपछि यसमा सेनाले आफू माथाहतमा रहन फरक जासुसी संस्था गठन गर्नेछ, जसले प्रतिरक्षासहित रणनीति पनि तयारी गर्नेछ ।

आन्तरिक या बाह्य जासुसीका लागि हाल प्रधानमन्त्री कार्यालयको माथाहतमा राष्ट्रिय अनुसन्धान विभागले काम गरिरहेको छ । तर, सेनाले तयार पारेको जासुसी संस्थाले त्यसको भन्दा पनि प्रभावकारी काम गर्ने बताइन्छ ।

अन्य संस्था भन्दा भरपर्दो र सूचनामा प्रभावकारीताको काम सेनाबाट हुन सक्ने भएकाले कानुन बनाएरै अलग जासुसी संस्था हुनुपर्छ भन्ने मान्यताका आधारमा विधयेक दर्ता भएको हो, रक्षा मन्त्रालय स्रोतले भन्यो ।

यो प्रक्रिया अघि बढेको खण्डमा सेनाले डिपार्टमेन्ट अफ मिलिटरी इन्टेलिजेन्स (डिएमआई) गठन गरी उसको काम, कर्तव्य र उद्देश्य प्रस्ट बनाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित