शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन हुँन्न उतै राखेर उपचार गरौँ : बिजुक्छे

दैनिक नेपाल २०७६ माघ २६ गते १४:४५

काठमाडौं, २६ माघ ।   नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नहुने बताउनुभएको छ ।

चीनमा रहेका नेपालीहरुलाई चीनमै राखेर उपचार गर्नुपर्ने विछुक्छेको धारणा रहेको थियो । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौंमा राखे झनै महामारी फैलिने सम्भावना रहेको बताए ।

काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन् , काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ’ उनले भने ।

विजुक्छेले चीनमा कोरोना भाइरस फैलाउनुमा अमेरिकाको हात हुन सक्ने आशंका व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित