
काठमाडौं, २६ माघ । अनुयायीहरुलाई बेपत्ता र आनीहरुलाई बलात्कार गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनको खोजीमा प्रहरीले ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको छ ।
प्रहरीले उनको आश्रम रहेका विभिन्न स्थानहरुमासमेत निगरानी बढाएको छ । सर्लाही जिल्ला अदालतले बम्जनलाई पक्राउ गर्न आदेश दिएपछि उनलाई पक्राउ गर्न सिन्धुपाल्चोकमा रहेको उनको आश्रममा प्रहरी पुगे पनि उनि त्यहाँबाट फरार भइसकेका थिए ।
त्यही दिनदेखि प्रहरीले बम्जनको व्यापक खोजी गरिरहेको भए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
सर्लाही, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङलगायत सम्भावित स्थानमा उनको खोजीलाई व्यापक बनाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया