शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बालुवाटार प्रकरणमा सबैलाई कारवाही हुनुपर्ने माग गर्दै तरुण दलको विरोध प्रदर्शन

दैनिक नेपाल २०७६ माघ २६ गते १३:४६

काठमाडौं, २६ माघ ।   नेपाल तरुण दलले बालुवाटार जग्गा प्रकरणका सबै दोषीलाई भेदभाव नगरी कारबाहीको माग राखेर प्रदर्शन गरेको छ । प्रदर्शनमा नेविसंघलगायतका कांग्रेसका विभिन्‍न भ्रातृ संगठन सहभागी भएका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शन अहिले नयाँ बानेश्‍वरसम्म पुगेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपाका नेतालाई बचाएर कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मात्रै मुद्दा चलाएको भन्‍दै कांग्रेसका भ्रातृसंस्था सडकमा उत्रिएका हुन् ।

अख्तियारको निर्णय राजनीतिक पूर्वाग्रहीपूर्ण भएको भन्दै प्रदर्शन गरिएको तरुण दलले जनाएको छ ।

अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्यसचिव लीलामणि पौडेल र विष्णु पौडेललाई उन्मुक्ति दिएर नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाएपछि नेपाली कांग्रेसले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित