शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

रुखबाट लडेर दर्लामीको मृत्यु

दैनिक नेपाल २०७६ माघ २६ गते १३:३२

पाल्पा, २६ माघ ।  पाल्पामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।

आइतबार बिहान घर नजिकैको सालको रुखबाट लडेर तिनाउँ गाउँपालिका- ३ चौकीभञ्याङ्गका ३८ वर्षीय टङ्कबहादुर दर्लामीको ज्यान गएको हो ।

घाँस काट्न रुख चढ्नुभएका दर्लामीको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी दोभानका प्रमुख, प्रहरी नायब निरीक्षक बलबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित