
काठमाडौं, २६ माघ । रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ रानीबारीमा बस्ने ३७ वर्षीय अजय तामाङलाई पक्राउ गरेको हो ।
उनी लामो समयदेखि फरार रहदै आएका थिए । वैदेशिक रोजगार कसुरका तीन मुद्दामा वैदेशिक रोजगार न्यायधिकरणले ०७५ मंसिर २४ गतेतामाङलाई ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो। फैसलापछि तामाङ फरार रहेका थिए ।











प्रतिक्रिया