बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्डले प्रष्टसँग भने– मलाई प्रधानमन्त्री चाहिएको छैन

दैनिक नेपाल २०७६ माघ २५ गते १८:३३

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने प्रस्ट पारेका छन् ।

शनिबार कान्तिपुर कन्क्लेभमा विभिन्न राजनीतिक विषयमा कुराकानी गर्ने क्रममा प्रचण्डले भने,‘नेपालमा ५५ अर्ब लगानी आउने कुरामा नेकपामा कुनै समस्या छैन, एमसीसी पारित हुन्छ ।

उनले देश राम्रोसँग चल्ने राजनीतिक अवस्था भए आफूलाई कुनै लाभको पद पनि नचाहिएको बताउँदै उनले भने,‘मलाई प्रधानमन्त्री चाहिएको छैन ।

आफूलाई ५ बर्ष प्रधानमन्त्री बनाउने हैसियतका बहुमतसहितको प्रस्ताव आएको खुलाउँदै उनले भने,‘मलाई प्रधानमन्त्री बन्ने हतारो भएको भए, त्यो सहमति स्वीकार गर्न सक्थें । म त्यस्तो छैन ।

प्रतिक्रिया
सम्बन्धित