१३ कार्तिक २०८३, शुक्रबार

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २५ माघ ।   शनिबार दिउँसो चट्याङले लागेर दाङमा तीन जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानपालिका–७ नवलपुरमा दुई र उपमहानगरपालिका–९ हापुरमा एक जनाको मृत्यु भएको हो।

नवलपुरमा गीता चौधरीको घरमा चट्याङले हान्दा दुई जनाको र हापुरमा सूर्यबहादुर पुरीको घरमा एकजना गरी  तीन जनाको मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।

चट्याङले लागेर गम्भीर घाइते भएकी चौधरीकी सात वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५७ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घरको आँगनमा खेल्दै गरेका सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर देवपुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लाने क्रममा बाटोमै मृत्यु भएको हो।