बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चीनबाट उद्वार गरी ल्याइएका नेपालीलाई खरीपाटी विद्युत प्राधिकरणमा राख्ने तयारी

दैनिक नेपाल २०७६ माघ २५ गते १३:३७

काठमाडौं, २५ माघ ।   सरकारले चीनको वुहानबाट फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणमा राख्ने तयारी गरेको छ । उनिहरुलाई राख्नका लागि दुई वटा भवन खाली गराइएको छ ।

यी भवनमा १ सय २४ जनालाई राख्न सकिने नेपाली सेनाको प्राविधिक टोली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएको टोलीले निष्कर्ष निकालेपछि भवन खाली गराइएको हो ।

चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको छैटौ‌ नगरसभाले भने चीनको वुहानबाट फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ ।

चीन वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अहिले चीनभरि फैलिएपछि सबै देशले चीनमा रहेका आफ्ना नागरिक धमाधम फिर्ता लगिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित