शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

फर्निचर उद्योगमा भिषण आगलागी

दैनिक नेपाल २०७६ माघ २५ गते १२:५८

चितवन, २५ माघ । भरतपुरमा रहेको एउटा फर्निचर उद्योगमा भिषण आगलागि भएको छ । फर्निचर उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आएको छ ।

शनिबार बिहान साढे चारबजे तिर विद्युत् चुहावट हुँदा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ मा जीवन श्रेष्ठले सञ्चालन गरेको रोयल फर्निचर उद्योगमा लागेको आगो पूर्ण रुपमा निभाउन लामो समय लागेको छ ।

आगो नियन्त्रणका लागि ७ वटा दमकल, प्रहरी र स्थानीय खटिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित