
काठमाडौं, २५ माघ । नोवेल कोरोना परिक्षण गर्न त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राखिएको थर्मल स्क्यानर बिग्रिएको छ ।
अन्यत्र देशबाट नेपाल आउने यात्रुको कोरोनाको परिक्षणका लागि स्वास्थ्य मन्त्रालयले विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर सञ्चालनमा ल्याएको थियो ।
एउटा स्क्यानर प्रयोगमा ल्याएको १० दिनमै बिग्रिएको हो । अब विमानस्थलमा एउटा मात्रै स्क्यानर रहेको छ । यात्रुको चाप अनुसार एउटा स्क्यानरले मात्र नपुग्ने चिकित्सकले बताए ।
२०७० मा अफ्रिकी मुलुकमा इबोला फैलिएपछि सरकारले नेपालमा जोखिम न्यूनीकरणका लागि थर्मल स्क्यानर किनेर विमानस्थलमा राखेको थियो । दुई स्क्यानर एक करोडमा खरिद गरेको थियो । तिनै स्क्यानर अहिले प्रयोगमा ल्याइएको हो ।











प्रतिक्रिया